आभास बुढाथोकी
घोराही । वर्षायाम शुरु भएसंगै घोराहीका बजारका सडकहरु यतिबेला हिलाम्य भएका छन् । हिलाम्य संगै बिग्रीएका सडकको मर्मत समयमै हुन नसक्दा सडकहरुमा खाल्टाखुल्टी परेको छन,जसले गर्दा सर्वसाधरणहरु र सवारीसाधनहरुले निकै सास्ती खेप्नुका साथै सडक दुर्घटना हुने संभावना पनि बढ्न थालेको छ ।
पछिल्लो समयम दाङमा सवारी साधनहरुको चाप बढ्दै गईरहेको छ । साघुरा र त्यसपमा पनि सडकको क्षमता भन्दा दोब्बर भार बोकेको सवारी साधानहरु गुड्डा सडक झनै अस्तव्इस्त बनका छन् । ठुला मालबाहक गाडीहरु गुड्डा र समयमै घोराही बजाकारका सडकहरु मर्मत नगर्दा ठाउँ–ठाउँमा ठुला–ठुला खाल्टाहरु बेनका छन् । त्यसको प्रत्यक्ष सास्ती सर्वसाधारण र सवारी चालकहरुले भोग्नुपरेको छ । दैनिकरुपमा आवतजावत गर्ने हजारौ सर्वसाधारणहरुलाई अहिले बाटोमा हिड्न कष्ट खेप्नुपरेको छ ।
सडक निमार्ण जिम्मा लिएका सम्बन्धित निमार्ण व्यवसाहीहरुले सडकखण्ड अबरुद्ध भउका वा बिग्रिएमा उनीहरुले नै पहिरो हटाउनुपर्ने र मर्मत गर्नुपर्ने, अन्य सडकहरुमा भने कार्यलय आफैले पहिरो हटाउने र सडक मर्मत गर्ने प्रमुख शर्माले बताउनुभयो । भर्खरै सम्पन्न दास्रो चरणको स्थानिय तहको चुनावले गर्दा समयमै बजेट निकासा हुन नसक्दा बाटो निमार्णका कामहरुमा ढिलाई भएको उहाँले जानकारी दिनुभयो । बजेट निकास हुन नसक्दा ठेकेदाहरुलाइई दिने रकम अपुगका कारण काम रोकिएको उहाँले बताउनुभयो । वर्षायाममा परेको पानीका कारण खोलाहरुमा बाढी आउदा पुल र बाटो कालेपत्रेका कामहरुमा कठिनाई भएको उहाँले बताउनुभयो ।