Indrenionline.com

तुलसीपुरमा नौ करोड लगानीमा राप्ती फ्लोर मिल

इन्द्रेणी संवाददाता
दाङ, २२ असार । दाङको तुलसीपुरमा करीव नौ करोडको लगानीमा फ्लोर मिल सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा राप्ती फ्लोर मिल्स प्रा.लि.सञ्चालनमा आएको हो ।

उक्त मिलमा ८ करोड ९१ लाख ९६ हजार ५ सय २६ रुपैया लगानी भएको मिलका चेयरमेन डिल्लीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मिलले दैनिक ८० टन गँहु खपत गर्ने र त्यसबाट २ सय ८० क्विीन्टल आटा र त्यसको २० प्रतिशत चोकर लगायत उत्पादन गरिने मिलका निर्देशक टेकनप्रसाद बस्नेत हिमालले बताए । मिलको उद्घाटनसांसद डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन् ।