Indrenionline.com

जिशिका दाङद्धारा गुरुजजुरमा सेनेटरी प्याड वितरण

ध्रुवराज न्यौपाने
तुलसीपुर, १९ असार । जिल्ला शिक्षा कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं ४ मा अवस्थित गुरु जजुर माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत छात्राहरुको सुरक्षित महिनावारी को लागि सेनेटरी प्याड वितरण गरिएको जिशिका का विद्यालय निरीक्षक नारायण प्रसाद पौडेल ले जानकारी दिए ।

उनले विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरु महिनावारीकै कारण विद्यालयमा पढ्न जान अप्ठेरो मान्ने र अझै पनि खुलेर आफ्नो समस्या राख्न नसक्ने भएकाले जिल्ला शिक्षा कार्यालय दाङले यस्तो योजना ल्याएको बताए ।

अवदेखि कुनै छात्राहरुले महिनावारी भएकै कारण विद्यालय जान बाट बञ्चित हुनु नपर्ने बताउदै उनले विद्यालयले त्यस्ता विद्यार्थीहरुलाई मध्यनजर गरी उनीहरुको समस्या समाधानको लागि उपयुक्त व्यवस्थापन मिलाउनुपर्ने बताए ।