इन्द्रेणी संवाददाता
दाङ, १९ असार । दाङको घोराही नगरपालिकाको उपमेयरमा विजयी हुने सुचिश्चित भएपछि एमालेका नरुलाल चौधरीलाई निकटतम प्रतिद्धन्दीहरुले बधाइ दिएका छन् ।
उनीहरु निर्वाचनमा जितहार स्वभाविक भएकाले उपमहानगरपालिकाको विकासका लागि सहकार्य गरेर अघि वढ्ने बताएका छन् । नगरपालिकामा मेयर र उपमेयर पदमा नेकपा एमाले विजयी भए पनि वडाहरुमा मिश्रीत परिणाम आएको छ । सो उपमहानगरपालिकाको १९ वडाहरुमध्ये तीन वटा वडामा माओवादीले र ६ वटा वडामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ ।