इन्द्रेणी संवाददाता
दाङ, १४ असार । स्थानीय तहको निर्वाचन दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान कार्य शान्तिपूर्ण वातावरणमा सकिएको छ । मतदान सम्पन्न भएलगतै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित स्थानमा ल्याउने काम शुरु भएको छ ।
मतपेटिका ल्याउने क्रम जारी रहेको र सबै मतपेतिका सम्बन्धीत स्थानमा आएपनि राजनीतिक दलहरु सहमत भए लगतै आजैबाट मतगनण शुरु गर्न सकिने मुख्य निर्वाचन अधिकृत चुडामण खड्काले जानकारी दिए । तर मतपेटिका सम्बन्धीत स्थानमा ल्याउन केही समय लाग्ने बताइएको छ ।