इन्द्रेणी संवाददाता
रोल्पा १४ असार । स्थानिय तहको निर्वाचन भैरहेका बेला रोल्पा नगरपालिका १० धवाङस्थित भनभने मतदान केन्द्रमा मतपेटिकामा एसिड आतंक भएको छ ।
प्रहरीका अनुसार एसिड राख्ने व्यक्तिको पहिचान हुन नसकेपनि अनुसन्धान कार्य जारी छ । घटना लगतै त्यहाँको मतदान कार्य रोकिएपनि ठुलो घटना नभएका कारण सवै दलका प्रतिनिधिहरुको रोहवरमा चाडै मतदान प्रकृया सुचारु गर्ने तयारी भइरहेको छ ।