इन्द्रेणी संवाददाता
दाङ, १४ असार । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि दुई वटा हेलिकोप्टरको पनि व्यवस्था गरिएको छ ।

दाङ भारतीय सीमासँग जोडिएकाले जिल्ला हो । त्यसैले पनि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँका १ सय ५१ मतदान केन्द्रमध्ये ४ वटालाई अतिसंवेदनशील, १३६ मतदान केन्द्रलाई सम्वेदनशील मानिएको छ ।