इन्द्रेणी संवाददाता
दाङ, १३ असार । स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको विप्लव माओवादीको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बजार बन्द रहेका छन् भने कलकारखाना, यातायात ठप्प छन् ।
बन्दकर्ताहरु कतै नदेखिए पनि चुनावको मुखैमा गरिएको बन्द र विभिन्न स्थानमा वम भेटिएकाले जनता त्रसित बनेका छन् । विप्लव माओवादीले आज एक दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ ।