Indrenionline.com

चुनावमा सबै पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुन्छः गृहमन्त्री शर्मा

दाङ,१२ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनमा सबै पार्टीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने बताउनु भएको छ । मतदाताहरु पनि निर्वाचनमार्फत् आफ्ना जनप्रतिनिधि छान्न आतुर भएको उहाँले बताउनुभयो ।

दाङको तुलसीपुरमा सोमबार बिहान रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले भन्नुभयो, ‘सरकारले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको छ । पार्टीहरुबीच पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

अहिले केही छिटपुट घटना भएपनि निर्वाचन शान्तिपूर्ण वातावरणमा निष्पक्ष, भयरहित र धाँधलीरहितरुपमा सम्पन्न हुने मन्त्री शर्माले बताउनुभयो ।