आभास बुढाथोकी
घोराही,११ असार । सन्तराम चौधरी (४७) उपमहानगरपालीका–१६ निवासी एक मध्यम वर्गका किसान हुनुहुन्छ । हरेक वर्षको असार महिना शुरु भएता एकहल गोरु र काधमा हलो बोकेर खेतबारीहरुमा व्यस्त देखिने उहाँ यस वर्ष भने खेतमा कुन चाँही राम्रो बाली लगाउँने भन्दा बरु आफ्नो वडामा कुन चाही राम्रो उम्मेदावर चुन्ने भन्नेमा आफुजस्तै थारु समुदायका किसानहरुसंग छलफलमा व्यस्त हुनुहुन्छ ।
दिलकुमार चौधरीलाई पनि थारु समुदायका एक किसान हुनुन्छ । खेतिपातिले न घरखर्च देखी छोराछोरीलाई उच्च शिक्षा पढाउन पुगकोे छ । स्थानिय तहको चुनावलाई उहाँले जनप्रतिनीधी चुन्ने राम्रो अवसरका रुपमा लिनुभएको छ । ‘दुई दशक पछि हामीले जनप्रतिनिधी चुन्ने अधिकार पाएका छौं । कुनै पार्टि हेरर होइन,एक सबल, सक्षम, इमान्दार र असल उम्मेदावरलाई भोट दिएर जिताछौ’–उहाँभन्नुहुन्छ–‘ंहाम्रो थारु समुदाय अहिले निकै हर्षित छ । अबको चुनावमा हामीले चाहे जस्तो उम्मेदावारले जित्ने र हामीजस्तै किसानहरुको हिताका लागी केही हुन्छ भन्नेमा पुर्ण विश्वस्त छौं ।’ यस पटकको चुनावमा थारु समुदायकै उम्मेदावरहरु पनि चुनावमा प्रतिनीधीका रुपमा सहभागी भएको हुदा उनीहरुमा थप हर्ष र उल्लास छाएको छ ।
असार १४ गते हुन गईरहेका दोस्रो चरणको स्थानिय तहको चुनाव नजिकीदै जादा चुनावी महोलले गाउँ र वस्तीमा चुनावी रौनक बढ्ने थालेकोे छ । २० वर्ष पछि हुन गइरहेको स्थानिय तहको चुनावमा आफुले रोजेको र चाहेको जनप्रतिनीधी चुन्नेअवसर पाउदा स्थानियहरुमा निकै हर्ष र उल्लाहस छाएको छ । आफ्नो वडामा राम्रो र सबल उम्मेदावरलाई जिताउन स्थानियहरु नै उम्मेदावरहरुसंगै चुनावी प्रचार प्रसारमासमेत सहभागी भएका छन् ।