खोटाङ, ११ असार । खोटाङ जिल्लाको सिम्पानी र दिक्तेल बजारमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी आठ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यसै गरी एमालेबाटै अशोक राई, दिनेश मग्राती, धर्मसुन्दर राई, बीरबहादुर राई, निगम राई, जीवनाथ खतिवडा, ज्ञानेन्द्र राई, दईन्द्र राई, ललित राई, नवराज सुवेदी, बिनोद रम्तेल, अम्बिका राई, जोनिशा राई, लोकेन्द्र राई, मनिराम सुवेदी, नौकुमारी राई, कृष्णकुमारी राई, जीवन महरा, कल्पना राई, अस्तप्रसाद राई, ईश्वर कटुवाल पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यसै गरी नेपाली कांग्रेसबाट माओवादीमा प्रवेश गर्नेहरुमा सान्तुना राई, धनकुमार राई, मणिराम राई, देवराज खत्री, मनिका राई, गोपाल बि.क., मोहराज आचार्य, श्रवणकुमार राई, जुली राई, जसिकला राई, लावत मग्राती लगायत रहेका छन् । नवआगन्तुक कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खादा ओडाएर स्वागत गर्नुभएको थियो ।