इन्द्रेणी संवाददाता
दाङ, ११ असार । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले मुलुक माओवादीकै एजेण्डामा चलेको बताएका छन् । आज आइतवार दाङको नारायणपुरमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत मुलुकलाई अहिलेको परिस्थितमा ल्याउन माओवादीको भूमिका महत्वपूर्ण भएको भन्दै माओवादीको एजेण्डाकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताएका हुन् ।
दाङको परिवेसलाई उल्लेख गर्दै शर्माले यो जिल्ला प्रादेशिक राजधानी बन्न उयुक्त स्थान भएको बताए । त्यसका लागि माओवादीलाई यहाँका जनताले साथ दिन जरुरी रहेको बताए ।