Indrenionline.com

एमाले जनमुखी भएको नेता पोख्रेलको दावी

इन्द्रेणी संवाददाता
तुलसीपुर, ११ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले नेकपा एमालेले छोटो समयमा जनमुखी काम गरेर जनताको मन जितेको दावी गरेका छन् ।

‘छोटो समयमा हामीले सत्तामा वसेर गरेको कामलाई जनताले निकै रुचाएका छन्’, तुलसीपुर उपमहानगरपालिका १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि जनताले एमालेलाई बहुमतका साथमा काम गर्ने अवसर प्रदान गर्न आतुर छन् ।’।

कार्यक्रममा मेयरका उम्मेदवार घनश्याम पाण्डेले मतदाताहरु क्षणिक प्रलोभनमा नपरेर योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने वताए ।