Indrenionline.com

एमालेको मतदाता भेटघाट तथा चुनावी भेला

दाङ , ९ असार । नेकपा एमालेले घोराही उपमहानगरपालिका विभिन्न वडाहरुमा शुक्रवार मतदाता भेटघाट गरेको छ । घोराही नगरपालिका १५मा रहेको बुद्ध चोकमा मतदाता भेटघाट कार्यक्रम गरेको छ । त्यसैगरेर घोराही १०मा रहेको नारायणपुरको मुख्य बजारमा बृहत घरदैलो कार्यक्रम समेत गरेको निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मण आचार्यले वताए । त्यसैगरेर घोराही उपमहानगरपालिकाको १२ को टिकरीमा पनि चुनावी सभा भएको छ ।

सभालाई मेयरका उम्मेदवार नरुलाल चौधरी, उप मेयरका उम्मेदवार सिता न्यौपाने, अनेरा स्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्य र वडा अध्यक्षका उम्मेदवारले संवोधन गरेका थिए । त्यसैगरेर मंगलेरीमा पनि चुनावी सभा भएको छ । त्यसैगरेर घोराहीमा ईसाई समुदायले गरेको उम्मेदवारहरुसंगको छलफल कार्यक्रममा पनि एमालेका उम्मेदवाहरु सहभागी भएका थिए । त्यसैगरेर वडा न ३ को बेलुवा र झिङनीमा पनि चुनावी सभा भएको छ ।

सभालाई नेकपा एमाले स्थायी कमिटि सदस्य शंकर पोख्रेल, मेयरका उम्मेदवार चौधरी, उप मेयरका उम्मेदवार न्यौपाने र वडा अध्यक्षका उम्मेदवार गोविन्द शर्मा लगायतले संवोधन गरेका थिए । त्यसैगरेर घोराही १९ सैघामा पनि एमालेले चुनावी सभा तथा घरदैलो गरेको छ । शुक्रवार खानीगाँउ, लिथान, होडवाड, सातम, मपुल, पाँच पोखरी, बाम्ला, मौरिधारा, मलार, राम्चे बडाचौरी लगायतका स्थानमा घरदैलो गरेको वडा अध्यक्षका उम्मेदवार हर्क बहादुर घर्तीले वताए ।