रीता लामा
घोराही, ८ असार । नेकपा एमाले घोराही उपमहानगरपालिकाका उम्मेदवारहरुले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । हामी यसरी गछौ एकसय दिनमा एक सय एक काम भन्दै एमाले घोराहीका उमेदवारहरुले आज विहीबार आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
यस्तै एमाले घोराहीले घोराहीलाई भोकरहित जनता शोकरहित उपमहानगर संचालनका लागि वडावडामा सुपथ मुल्यको पसल खोल्नेदेखि फोहोरलाई मोहोर बनाउने आर्कषक योजना आफ्नो सय दिनमा समावेश गरेको छ । लामो समय देखि अन्योलमा रहेको चत्रपथ निर्माण एमाले घोराहीले आफ्नो प्रतिज्ञापत्रमा महत्वका साथ समावेश छ । एमालेले आफ्नो अर्को आर्कषक योजनामा धुम्रपान मुक्त परिवार, नमुना पर्यटकिय सामुदायिक जडिबुटि, बनस्पति उद्यानसहित चिडियाखाना निर्माणको कुरा पनि आफ्नो सय दिनमा राखेको छ ।
एमाले घोराहीका उमेदवारको प्रतिज्ञापत्र सुनिसकेपछि एमाले नेता एवम स्थायी कमिटी सदस्य शंखर पोखरलेले घोराही कमिटीले निर्माण गरेका प्रतिज्ञापत्र उत्कृष्ट भएको र जित पछि पुर्ण रुपमा कार्यान्वयन हुनेमा आफु ढक्क रहेको बताए ।