इन्द्रेणी संवाददाता
दाङ, ८ असार। असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा आजदेखि (असार ८ गते) चुनाव समयअधिभर मदिरा विक्री वितरण गर्न नपाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको अध्यक्षतामा वसेको बैठकले चुनाव अवधिरको सुरक्षा रणनीतिलाई मध्यनजर गर्दै मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरिएको थियो । यो अवधिमा रक्सी विक्री वितरण गर्नेलाई मात्रै होइन रक्सी आएको पाइएमा समेत कारवाही गर्ने यहाँको प्रहरी प्रशासनले जनाएको छ ।