दाङ, ७ असार । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङ प्रशासनले चारवटा मतदान स्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ।
त्यसैगरी अन्य चुनौतीका रुपमा नेपाल भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन विथोल्न सक्ने शक्ति र विगतका अवस्थालाई लिइएको छ। उक्त परिस्थीति मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए।
दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदान स्थल, ३५१ मतदान केन्द्र निर्धारण गरिएको छ। दुईवटा उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिकामा गरी दुई लाख ९१ हजार १५० मतदाता छन्। रासस