तुलसीपुर, ६ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा नेकपा एमालेको जनसभा सम्पन्न भएको छ ।
उनले औद्योगिक विकासले मात्रै समाजको विकास नहुने भएकाले मानविय स्वास्थ्यको ख्याल गरेर वातावरणीय मुद्दालाई पनि ध्यान दिनुपर्ने वताएका थिए भने उपमेयरकी उम्मेदवार माया आचार्यले महिलाको हक अधिकार स्थापनाका लागि एमालेको भुमिका प्रभावकारी रहेको वताएकी थिइन ।
कार्यक्रममा वडाध्यक्षका उम्मेदवार वामदेव खनालले वडाको विकास लागि ३३ वुँदे प्रतिवद्धता व्यक्त गरेका थिए ।
निर्वाचन परिचालन कमिटीका अध्यक्ष भोजराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा शोभाराम वस्नेत , सदस्यका उम्मेदवार लवरु चौधरी, महिला नेतृ रमा डिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन टोपेन्द्र खत्रीले गरेका थिए ।