इन्द्रेणी संवाददाता
दाङ, ६ असार । पत्रकार आचारसंहितामा मिडिया र पत्रकार सम्बेदनशील हुनुपर्ने एक आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको सहआयोजनामा आज मंगलवार दाङको घोराहीमा आयोजना गरिएको पत्रकार आचारसंहिता पालन र मिडियाको भूमिका विषयक अन्तत्र्रिmयामा बोल्ने वक्ताहरुले पत्रकारहरुले आचारसंहिता पालना गर्दै आफ्नो पेशागत भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
स्थानीय तहको निर्वाचनका वेला झनै पत्रकारहरुले आचारसंहिता पालना झनै सम्बेदनशीलता अपनाउन आवश्यकता औल्याए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य सुविक्षाविन्दु तुलाधरले काउन्सिलले अहिले मिडिया र पत्रकारहरुको २४ सै घण्टा निगरानी गरिरहेको जानकारी दिइन् ।
चुनावको समयमा घेरै मिडिया तथा पत्रकारहरु आचारसंहिता उलंघन गरेकाले कारवाही पनि गरेको उनले बताइन् । कार्यक्रममा सहन्यायधिवक्ता गणेश आर्यालले पनि विचार राखेका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले यहाँको पत्रकारिता सकारात्मक भएको भन्दै आगामी दिनमा पनि त्यसको अपेक्षा गरे ।
महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा नरुलाल चौधरी, जीवन गौतम, सीता न्यौपाने, भोलानाथ योगी, नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, विनोद केसी लगायतले बोलेका थिए ।
२