Indrenionline.com

दाङमा ५८ मानवअधिकार उलंघनका घटना

इन्द्रेणी संवाददाता
दाङ, ३ असार । दाङमा वितेको ६ महिनामा ५८ वटा मानवअधिकार उलंघनका घटना भएका छन् । इन्सेक दाङको तथ्याङअनुसार जिल्लामा सन् २०१७ जनवरीदेखि जुनसम्ममा ५८ वटा मानअधिकार उलंघनका घटना भएको र त्यसबाट ७१ जना नागरिक पीडित भएका छन् ।

यी घटनामध्ये सबैभन्दा वढी ४६ जना महिला पीडित भएको र २५ जना पुरुष पीडित भएको इन्सेक दाङका जिल्ला प्रतिनिधि जेएन सागरले बताए । उनका अनुसार यो ६ महिनामा १२ जना बालिका र एक जना वालक पीडित भएका छन् भने एक महिना र एक पुरुषको हत्या समेत भएको छ ।