दाङ, ३ असार । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल घोराही २ रामपुरको बिशेष भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णमहादुर महरा, पोलिटब्यूरो सदस्य हेमराज शर्मा ‘डायमण्ड’, वाइसिएल केन्द्रीय सदस्य सिर्जन बाँठा, जिल्ला संयोजक सरोज खड्कालगायलते सम्बोधन गर्नुभएको थियो ।
माओवादी केन्द्रको घर फिर्ता कार्यक्रमनेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका १९ ले छिलिकोटमा घर फिर्ता कार्यक्रम गरेको छ । कार्यक्रममार्फत विगतमा माओवादीमा रहेर पछिल्लो समयमा अन्य दलमा गएका कार्यकर्ताहरु फिर्ता गराएको हो ।
सो क्रममा भीमबहादुर बुढा, दुर्गा बकि, टोपबहादुर बिक, सिता बुढा मगर, सुनिता बिक, श्यामलाल बिक, प्रेमा बिक, दिला बिक, भरतराज बिक र कुलबहादुर बिक माओवादी केन्द्रमा फिर्ता भएका हुन् । उनीहरुलाई माओवादी केन्द्रका वडा अध्यक्ष दलबहादुर महत र वडा अध्यक्षका उम्मेदवार भीम चौधरीले स्वागत गर्नुभएको थियो ।
माओवादी केन्द्रका वडा अध्यक्ष दलबहादुर महतको अध्यक्षता र वडा अध्यक्षका उम्मेदवार भीम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सञ्चालन यनानले गर्नुभएको थियो । कार्यक्रममा खिमा बिकले स्वागत गर्नुभएको थियो ।