माधव बेल्वासे
कपिलवस्तु १ असार । नेपाली कांग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन । लामो समयदेखि नेपालि काग्रेसमा राजनिति गर्दै आएका अलि स्थानिय तहको निर्वाचनमा पार्टिले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवार वनेका छन । वुधवार चन्द्रौटामा पत्रकार सम्मेलन गरि शिवराज नगरवासिहरु चाहाना अनुसार आफुले उम्मेदवारि दिएको वताए ।
उनले भने “शिवराज नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा, विकास निर्माण लगायत समृद्ध नगर निर्माणको वनाउने छु” । साथैे नगरको चौतर्फी विकासका लागि मतदाताको अमुल्य मत दिएर विजयी बनाउन अनुरोध गरे ।स्वतन्त्र उम्मेदवार मियाले शिवराज भित्र रहेका सबै वडाको चौतर्फी विकास गर्नका लगि अघी बढेको वताए । आप्नो ३४ बुदे प्रतिवद्धता सार्वजानिक गर्दै यस क्षेत्रको समृद्ध गर्न अघी बढने वताए ।
प्रतिवद्धता पत्रमा शिवगढीमा केबुलकार, नगरक्षेत्र भित्र ६ वटा एम्बुलेनस संचालन, सौर्य बति जडान, बिउ विजन, मलखाद तथा कृषि औजारमा सहुलियत प्रमुख एजेन्डा रहको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा लामो समय सम्म नेपाली कांग्रेसले मेयर पदमा जमशेर अलि मियाँको नाम अगाडी सारेपनि अन्त्यमा अरुलाई मेयरपदमा उठाउने निर्णय गरे पछि कांग्रेसमा लामो बिवाद देखिएको थियो । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ५ का क्षेत्रीय प्रतिनिधी समेत रहेका मियाँ उद्धोग वाणिज्य संघ चन्दौटाका अध्यक्ष समेत हुन ।