दाङ १ असार । राष्टिय प्रजातन्त्र पाटीको चुनावी कार्यक्रम वारेक्षेत्र नम्वर ३ ले छलफल गरेको छ । क्षेत्रिय अध्यक्ष नरवहादुर वुढाथोकीको अध्यक्षतामा भएको वैठकमा हाल सम्म भएको चुनावी कार्यक्रमहरुको समिक्षा गरीएको थियो ।
त्यस अवसरमा पाटीका उमेद्धारहरुलाई जनता समक्ष कसरी पुयाउदा प्रभावकारी हुने भन्ने विषयमा छलफल गदै चुनावी रणनितीका वारेमा छलफल गरीएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष क्षेत्रवहादुर वस्नेत, केन्द्रीय सदस्य मिना स्वर्णकार, घोराही उप महानगरपालिका का मेयर पदका उमेद्धार डा.भोलानाथ योगी उप मेयरका उमेद्धार प्याउली केसीले भनाई राखेका थिए ।
यसैविच घोराही उपमहानगर पालिका वडा नम्वर १०मा राप्रपाले घरदैलौ कार्यक्रम गरेकोछ । वडामा रहेका विभिन्न गाऊहरुमा घरदैलो कार्यक्रम गरीएको राप्रपाले जनाएको छ । घर दैलोमा वडा वासीहरुले नगरको विकासकालागि र धर्म संस्कृति संरक्षण एवम सामाजिक विकासकालागि राप्रपाले सक्षम उमेद्वार चयन गरेकोमा खुसी व्यक्त गदै मत दिने बताएका थिए ।