इन्द्रेणी संवाददाता
दाङ, २९ जेठ । राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले अहिले दलहरुले जे ग¥यो त्यही मान्ने प्रबृति वढेको भन्दै हामी लोकतन्त्र होइन दलतन्त्रवादी भएको बताएका छन् ।
दलहरुको सहमतिमा जे पनि हुन्छ भन्ने प्रबृतिले जनताले साँचिकै लोकतन्त्रको अनुभस् ितगर्न नपाएको र दलतन्त्र मान्न वाध्य भएको उनले बताए । यसले विभिन्न अधिकारकर्मी लगायत सबैले जवाफ देहिताको भूमकिा निर्वाह गर्न नसकेको उनको आरोप छ ।
कार्यक्रममा आयोगकका पूर्व आयुक्त डा. गौरीशंकर लालदासले सबै आफ्नो क्षेत्रबाट मानअधिकारको रक्षा गर्दै जवाफ देहिताको भूमिका निर्वाह गर्न सक्नुपर्ने विचार राखे । उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनिय बनाउने मानअधिकारकर्मी, पत्रकार, नागरिक समाजलगायत सरोकारवालाहरु सचेत भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा नारिक समाज दाङका संयोजक टीकाराम रेग्मी, छलफल चौतारी दाङका संयोजक सुशील गौतम, जिल्ला मानवअधिकार सञ्जाल दाङका संयोजक केशव शर्मालगायतले आ–आफ्ना विचार राखेका थिए ।