दाङ, २६ जेठ । तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडाहरुमा माओवादी केन्द्रले घरदैलो तथा बिभिन्न कार्यक्रम गरिरहेको छ । यसैक्रममा शुक्रबार तुलसीपुर उपमहानगरपालिका ७ मा चुनाबी सभा गरेको छ । सभालाई तुलसीपुर उपमहानगरपाकिाका मेयर शेशुराम भण्डारी, उपमेयर सीता वली, वडा अध्यक्ष प्रेम खनाल,लगायत सदस्यका उम्मेदवारहरु, माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष राम बहादुर दहितलगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै माओवादी केन्द्र राप्तीले भालुवाङमा चुनावी कोणसभा गरेको छ । सभालाई अध्यक्ष पदका उम्मेदवार श्यामेश चौधरी र उपाध्यक्ष पदका उम्मेदवार भगवता अधिकारीले सम्वोधन गरेका थिए । माओवादीले राप्ती गाउँपालिकाका सबै वडामा घरदैलो तीब्र बनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले दंगीशरण वडा नम्बर ६ मा घरदैलो गरेको छ । घरदैलोमा वडा अध्यक्षका उम्मेदवार टंक वली, सदस्यका उम्मेदवाहरु हिरा चौधरी, ममता परियार, शमशेर चौधरी र टिकाराम ओलीसहित स्थानीय कार्यकर्ताको सहभागिता थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को खैरेनी, ९ नम्बरको तेघरा र १० को नारायणपुरको चरबगियामा चुनावी सभा गरेको छ । सभालाई मेयर पदका उम्मेदवार जीवन गौतम, उपमेयर पदका उम्मेदवार सिता चौधरी, केन्द्रीय सदस्य मिलन डाँगी, वडा नम्बर ११ का अध्यक्ष पदका उम्मेदवार प्रकाश बिक, वडा नम्बर ९ का उम्मेदवार चैतु चौधरी र वडा नम्बर १० उम्मेदवार बुद्धि चौधरीलगायतले सम्बोधन गरेका थिए ।