घो राही, २४ जे ठ । घोराही उपमहानगरपालिका–४ का स्थानीयले खाद्यअधिकार हनन भएको भन्दै घोराही सिमेन्ट उद्योग विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
गत बैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदा सुनुवाइ नभएको भन्दै सिमेन्ट उद्योग प्रभावितहरुले न्यायका लागि जेठ १२ गते मानवअधिकार आयोगमा उजुरी दिएको बताएका छन् ।
सयौ पटक उद्योग प्रशासन, त्यत्तिनै पटक स्थानीय प्रशासनलाई पनि समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाइ नभएकोमा स्थानीय आक्रोशित भएका छन् । ‘उद्योग प्रशासनलाई पनि भन्यौ । जिल्ला प्रशासन, प्रहरीलाई पनि भन्यौ ’– उद्योग प्रभावित एवं सरोकार समितिका सल्लाहकार डा. गोविन्द आचार्यले भने– कतै सुनुवाइ नभएपछि राष्ट्रिय मानवअधिकार आयो गमा उजुरी दिएका छौ । त्यहाबाट सुनुवाइ हुन्छ कि भन्ने आशा छ ।’
नयाँ युगबोधबाट