शरद रेग्मी
दाङ, २३ जेठ । दाङको तुलसीपुरमा संञ्चालित क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियान आज मंगलवार देखि ४२ हप्तामा प्रवेश गरेको छ ।
तुलसीपुरको विरेन्द्रचोकमा औपचारिक कार्यक्रम गरेर अभियानको शुरुवात गरिएको सरसफाई अभियान आज विरेन्द्र चौकको नजिकै रहेका मठमन्दिरहरुमा सरसफाई गरिएको तुलसीपुर उद्योग वाणिज्य संघ का अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनुभयो । उहांका अनुसार विरेन्द्र चौक आसपासमा रहेका जय माँ अम्वादेवी रतननाथ मन्दिर र संकट मोचन हनुमान मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
मगलवार मौसम प्रतिकुल नभए पनि विभिन्न सामाजिक अभियान्ताहरु हातहातमा छाता र झाडु लिएर मन्दिर परिसरमा सरसफाई र उल्लेखनिय सहभागिता जनाएका छन । मंगलवार सरसफाई अभियानको नेतृत्व गरेको दाङ फेमिना ग्रुप की संयोजक संगिता ढकालले कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उहांले यो सरसफाई अभियान सबैका लागि अनिवार्य महत्वपूर्ण रहेको भन्दै सबैले यसमा सहयोग गर्नु वताईन उनले आफूहरु प्रत्येक हप्ता सरसफाई अभियानमा सहभागी हुने भन्दै सबै नगरवासीलाई उपस्थितीका लागि समेत अनुरोध गरेकी छन् ।
कार्यक्रमको समापनको अवसरमा रतननाथ टोल विकास संस्थाका अध्यक्ष टोप वहादुर घर्तिले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालीकाले थालेको सरसफाई अभियानले तुलसीपुरलाई सफा र सभ्य वनाउन मदत पुगेको भन्दै प्रसंसा व्यक्त गरे उनीले यो सरसफाई अभियानमा टोल विकास संस्थाहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताएका छन् ।