शंकर के सी
सल्यान, २३ जेठ । सल्यानको कपुरकोट गाउंपालिकामा नव निर्वाचीत जनप्रतिनिधीहरुलाइ स्वागत संगै खोपको दिगोपनाका लागी साझेदार निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटले कपुरकोट गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेन र उपाध्यक्ष तिला बुढा सहित वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरीलाल पुन र वडा सदस्यहरुलाइ स्वागत गरेको हो ।
यस्तै खोपको दिगोपनाका लागी साझेदार निकायहरुसंग अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पूर्ण खोप गाविस घोषणा भइसकेको साविकको धनवाङ गाविसमा अवका दिनमा जन्मने कुनैपनि वालवालिका खोपबाट वञ्चीत हुन नपरोस भन्नका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा धनवाङ स्वास्थ्य चौकीका सिनियर अहेव देवेन्द्र कुमार सेनले प्रगती विवरण प्रस्तुत गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालयका खोप निरिक्षक दशरथ कुमार श्रेष्ठ, कपुरकोट गाउंपालिकाका कार्यकारी अधिकृत रेमन्त डागी, महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न कार्यालयका प्रमुख, प्रतिनिधी, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितीका सदस्यहरुको कार्यक्रममा सहभागीता थियो ।