तुलसीपुर २२ , जेठ । द्वण्द्व पीडितहरुलाई न्याय दिन सातवटै प्रदेशमा सत्य निरुपन तथा मेलमिलाप आयोगले मुकाम स्थापन गरेको छ । शसस्त्र द्वण्द्व तथा बिभिन्न आन्दोलनका पीडितलाई न्याय दिन आयोगले प्रदेश नम्बर ५ को मुकाम दाङको तुलसीपुरमा स्थापना गरेको छ । राज्य पक्ष र तत्कालिन माओवादी पक्षबाट पीडितहरु भएकाहरुले उजूरीको सुनुवाई , अनुसन्धान तथा न्याय दिने उदेश्यले आयोगले प्रत्येक प्रदेशमा मुकाम कार्यालय स्थापन गरेको हो ।
साथै सदस्य सुबेदीले मुकाम संयोजक शाहीलाई आयोगमा परेका उजूरीहरु मध्य एक हजार ५ उजुरीको निवेदन फाइल हस्तान्तरणे गरेका हुन । सशस्त्र द्वन्द्वको समयमा पीडित भएका यस क्षेत्रका नागरिकहरुले आयोगमा गरेको उजूरी अब मुकाम कार्यालयबाटै अनुसन्धान प्रक्रिया शुरु हुने आयोगका सदस्य सुवेदीले जानकारी दिए । प्रदेश नम्बर ५ बाट आयोगमा १५ हजार उजुरीहरु परेका छन् । आईतबार देखी नै आयोगले काम शुरु गरेको छ ।