घोराही, २१ जेठ । नेकपा माओवादी केन्द्र दाङले जिल्लाका विभिन्न स्थानमा चुनावी सभा गरेको छ । यसैक्रममा घोराही उपमहानगरपालिकाले वडा नम्बर ८ र वडा नम्बर १७ मा चुनावी सभा गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले घोराही उपमहानगरपालिका ८ मा पनि चुनावी सभा गरेको छ । निर्वाचन परिचालन समिति संयोकज सुशीला शर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई मेयर पदका उम्मेदवार जीवन गौतम, उपमेयर पदका उम्मेदवार सिता चौधरी, उपमहानगर अध्यक्ष विश्वराज आचार्य, वडा अध्यक्ष पदका उम्मेदवार पिताम्बर ओलीलगायतले सम्वोधन गर्नुभएको थियो ।
त्यस्तै माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाले पनि विभिन्न स्थानमा चुनावीसभा गरेको छ । वडा नम्बर १९ सक्राममा भएको चुनावी सभालाई केन्द्रीय सदस्य रामजी चौधरी, मेयरका उम्मेदवार शेषुराम भण्डारी, उपमेयरका उम्मेदवार सिता ओली, वडाअध्यक्षका उम्मेदवार भीम चौधरीलगायतले सम्वोधन गर्नुभएको थियो । त्यस्तै तुलसीपुर उपमहानगर २ मा पनि चुनावी सभा सम्पन्न भएको छ । सभालाई , मेयरका उम्मेदवार शेषुराम भण्डारी, उपमेयरका उम्मेदवार सिता ओली, वडाअध्यक्षका उम्मेदवार प्रेमराज न्यौपानेलगायतले सम्वोधन गर्नुभएको थियो ।