घोराही, २० जेठ । जिल्लामा क्रियासिल आदीबासी जनजाती पत्रकारहरुका लागि दुई दिने खोजी पत्रकारीता तालिम सञ्चालन हुने भएको छ । आदीवासी जनजाती महासंघ फोनिज दाङले जेठ २६ र २७ गते जिल्ला समन्वय समिति दाङको सहयोगमा तालिम सञ्चालन गर्ने भएको हो ।
सविन प्रियासनको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । सदस्यहरुमा फोनिजका केन्द्रीय सदस्य रीता लामा, देबिका जिएम, उदय जिएम, लक्ष्मीमान चौधरी, प्रकाश चौधरीलाई सल्लहाकार चयन गरेको छ ।