इन्द्रेणी संवाददाता
दाङ, १७ जेठ । सरकारले दाङका दश वटा स्थानीय तहका लागि आगामी आर्थिक वर्षका चार अर्ब सात करोड १७ लाख ३८ हजार बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाका लागि यो विनियोजन गरेको हो ।
त्यसैगरी गढवा गाउँपालिकामा ३३ करोड ७ लाख ७१ हजार, दंगीशरण गाउँपालिमा २० करोड ४८ लाख ७३ हजार, वंगालाचुली गाउँपालिकामा २९ करोड ५१ लाख ८० हजार, ववई गाउँपालिकामा २९ करोड ३८ लाख ३० हजार, राजपुर गाउँपालिकामा २८ करोड ५५ लाख ३६ हजार, राप्ती गाउँपालिकामा ३० करोड ९६ लाख ६४ हजार र शान्तिनगर गाउँपालिकामा २४ करोड २ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजना भएको हो । यो बजेट संघीय संरचनाअनुसार सिधै स्थानीय तहको खातामा जाने छ ।