तुलसीपुर, १६ जेठ । तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ न्यूरोड निवासी ३८ बर्षीय रत्नबहादुर वलीको शव झन्डै एक महिना पछि घोराहीको चौपट्टा जंगलमा सडेको अवस्थामा फेला परेको छ । उनको शव मंगलवार विहानसडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव अहिले पोष्ट मार्टमका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा राखिएको छ । वली तुलसीपुरका प्रतिष्ठित व्यापारी घर जग्गाको कारोवार लगायत विभिन्न व्यवसायमा सम्लग्न रहेको बताइएको छ ।
उनको कसैले हत्या गरेको हो कि हैन रु भन्ने कुरा पोष्ट मार्टमको रिपोट पछि मात्रै एकीनका साथ भन्न सकिने प्रहरीले बताएको छ ।