शरद रेग्मी
दाङ, १४ जेठ । सिंचाइ मन्त्री दीपक गिरीले स्थानीय तहको निर्वाचनमा दांङ जिल्लामा टिकटको विषयलाई लिएर देखिएको केही मतभेदप्रति आफू गम्भीर भएको बताएका छन् ।
पार्टीप्रतिको त्याग, वलिदानी र अनुशासनको मुल्यांकन एक दिन अवस्य हुने हुँदा धैर्यता गर्न सवैलाई आग्रह गरे । आफ्नो कार्यकालमा जिल्लाको वृहत्तर विकासका लागि हदैसम्म मेहनत गरेको तर स्थानीय तहको निर्वाचनमा सवैलाई टिकट दिलाउन नसकेको प्रति दुःख व्यक्त गरे ।