इन्द्रेणी संवाददाता
घोराही १२ जेठ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका ५ नं वडाले उम्मेदवार घोषणा गरेको छ । वडा समितिले धर्नामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी उम्मेदवार घोषणा गरेको हो ।
वडा अध्यक्ष मदन डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार जीवन गौतमले सिंहदरबारमा केन्द्रित राज्य सत्तालाई गाउँ नगरमा ल्याउने एजेण्डा माओवादीले ल्याएको बताउँदै माओवादीलाई विजय गराएर मात्रै एजेण्डा कार्यान्वयन हुने बताए ।
जनयुद्ध, जनआन्दोलनबाट प्राप्त गणतन्त्र र संघीयता माओवादीले मात्रै पुरा गर्ने पनि गौतमले बताए । यसैगरी उपमेयरका उम्मेदवार सिता चौधरीले अहिले सम्म महिलाले आफ्नो अधिकारवाट बञ्चित भएको बताउदै महिलाको हकअधिकार संगै सिंगो जनसमुदायलाई अधिकार दिलाउन आफ्नो सक्रियता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार डाँगीको वडाको समग्र विकासमा ध्यान दिने प्रतिवद्धता जनाए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एटम महरा, नगर अध्यक्ष विश्वराज आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नुमबहादुर केसीले गरेका थिए ।