दाङ ११ जेठ नेकपा माओवादी केन्द्र दाङले विभिन्न वडामा धमाधम उम्मेदवार घोषणा गरिरहेको छ । जसअनुसार घोराहीका विभिन्न वडाहरुमा माओवादीले उम्मेदवार घोषणा गरिरहेको छ ।
सदस्यमा नैना चौधरी, लक्ष्मण बुढा, गुलाम रसुल र फूलमति बिकलाई माओवादीले अघि सारेको छ । माओवादी केन्द्रले चुनावी सभामार्फत उम्मेदवार घोषणा गरेको हो । सभालाई मेयर पदका उम्मेदवार जीवन गौतम, पार्टीका वडा अध्यक्ष कृतिमान पुनलगायतले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा पनि बिहीवार उम्मेवार घोषणा गरिएको छ । जसमा वडा अध्यक्ष खुशीराम चौधरी र सदस्यहरु तुलप्रसाद घिमिरे, यवी बिक, रेवन्ता पुन चौधरी र बाबुराम चौधरी रहनुभएको छ ।
त्यस्तै घोराही ३ मा उम्मेदवार घोषणा गरिएको छ । वडा नम्बर ३ मा माओवादीले फर्सबहादुर नेपालीलाई अध्यक्षमा अघि सारेको छ । त्स्तै सदस्यहरुमा सुमन रोका, हस्तराम बुढाथोकी, सरिता चौधरी र रिमा परियार रहनुभएको छ । सबै वडामा वडास्तरीय चुनावी सभा गरेर उम्मेदवार घोषणा गरिएको माओवादी केन्द्र घोराही उपमहानगर समिति अध्यक्ष विश्वराज आचार्यले जानकारी दिनुभयो ।