मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ ।
अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक पुर्णिमा बुढा मगरको निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ । देबराज आचार्य पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन । सोहि छायाँकार देबराज आचार्यको छायांकनमा तयार भएको गीत आजबाट बजारमा आएको छ ।