घोराही, ६ जेठ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १४ को समिति विस्तार अभियान अन्तरगत शृजनशिल टोलमा आज समिति गठन गरिएको छ । टोलमा आज भएको भेलाले तारा प्रसाद ढकाल संयोजक र यमप्रसाद खरेलको उपसंयोजक रहेको २६ सदस्यीय नेपाली कांग्रेस सृजनशिल टोल इकाई समिति गठन गरेको हो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि तुलसी राना, क्षेत्र नं ३ का सह–सचिव प्रकाश सुवेदी, दाङ जिल्ला उद्योग वाणीज्य संघका महासचिव दिपक सुवेदी, क्षेत्रीय प्रतीनिधि बिना खनाल, साविक घोराही ६ का इकाई सभापति मधुसूदन अधिकारी, टोलवासी यमप्रसाद खरालले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा टोल निवासी ८२ वर्षीय चुरामडी खनाललाई सम्मान गरिएको थियोे । कार्यक्रमको सहझीकरण इकाई सचीव हुमबहादुर भण्डारीले गर्नुभएको थियोे । कार्यक्रममा विभिन्न पार्टी परित्याग मुस्लीम समुदायका सहित १३ जना टोलवासीहरू नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको थियो ।