दीपक बोहरा
तुलसीपुर ३१ बैशाख । नयाँ शक्ति नेपाल दाङ तुलसीपुर उपमहानगरपालिका ८ को आयोनामा ब्याटमिण्टन प्रतियोगीता भएको छ । शान्तिदीप ईग्लिस बोर्गिङ्ग स्कुल दुधेनामा भएको प्रतियोगीतामा भिम बहादुर बिक र पोषणा खरेलको समुह प्रथम भएको थियो , भने चेत बहादुर केसी र दशरथ वलीको समुह द्धतिय भएको थियो ।
नयाँ शक्ति दाङका संयोजक भट्टराईले समाज रुपान्तरण गर्न खेल क्षेत्रको बिकास हुन आबश्यक रहेको बताए । आर्थिक संगै खेल क्षेत्रको बिकास गर्न पनि नयाँ शक्तिले पहल थालेको बताए ।