दाङ २९ बैशाख । देउखुरी क्षेत्रमा देखिएको बन विनासका सन्दर्भमा नागरिक समाज दाङको टोलीले जिल्ला बन कार्यालयको ध्यानाकर्षण गराएको छ । शुक्रवार जिल्ला वन कार्यालय प्रमुख सूर्यकान्त सिग्देललाई भेटी ध्यानाकर्षण गराइएको हो । निर्वाचनको मुखमा बन कटान अझ बढेको भन्दै नागरिक समाजले बन कार्यालयको ध्यानकर्षण गराएको थियो ।
बन अतिक्रमण एवं विनासका काम रोक्न आफूले पहल गरे पनि वदमासी गर्नेहरुले पहुँचका आधारमा दबाब दिने गरेको समेत वताउनुभयो । नागरिक समाजका सचिव चन्द्रराज पन्तको नेतृत्वमा सचिवालय सदस्य श्रीमन न्यौपाने, लक्ष्मी आचार्य, भूपेन्द्र सुवेदी जिल्ला वन कार्यालयमा पुगी सो ध्यानाकर्षण गराएको थियो ।