Indrenionline.com

मावि नारायणपुरको स्वर्ण जयन्ती

आर.के.शीतल
नारायणपुर, २८ वैशाख । श्रीसिद्ध रत्ननाथ मावि नारायणपुरले स्वर्ण जयन्ती मनाएको छ । स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा विद्यालयले ५१ औँ वार्षीक उत्सव एवं स्वर्ण जयन्ती मनाएको हो । जयन्तीको अवसरमा विद्यालयले भव्य कार्यक्रमका साथ सम्मान तथा पदक प्रदान र अभिभावक मिलन समारोह आज वुधवार सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा २० वर्षभन्दा धेरै सेवा पु¥याउनुहुने शिक्षकहरुलाई दिर्घ सेवा पदक प्रदान गरिएको थियो । जसमा पूर्व प्रधानाध्यापक भिमकान्त शर्मा आचार्य, पूर्व प्रधानाध्यापक चिन्ताबहादुर बुढाथोकी, चन्द्रकान्त लम्साल, गोकर्णप्रसाद खनाल, टोपबहादुर केसी, श्रीधर पोख्रेल, विष्णुप्रसाद शर्मा, स्व. ईन्द्रमणी पौडेल, रमेश आचार्य, सेनराज शाह, युवनकुमार शर्मा, दुर्गाप्रसाद रजौरे, विन्दु आचार्य, सुर्यबहादुर रावत, विश्वनाथ शर्मा, नरसिंह गुरुङ, बाधुलाल चौधरी, लक्ष्मणप्रसाद चौधरी रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र शिक्षक अभिभावक संघको अध्यक्ष भएर विद्यालयका विकासकालागी महत्वपूर्ण योगदान गु¥याउने सेवा पदक प्रदान गरिएको थियो । जसमा पूर्णबहादुर केसी, केशवकुमार पाण्डे, टिकाबहादुर डाँगी, रेवतिरमण शर्मा, माधवप्रसाद पाण्डे, जग्गुप्रसाद चौधरी, भिमसेन बस्नेत, स्व. रामलाल रावत, कुमारी पुन, डिल्लीबहादुर चौधरी, रमेश केसीलाई सेवा पदक प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने स्थापनाकर्ताहरु गोरक्ष रत्ननाथ मठ चौघेरा, भरतमणी खनाल, विष्णुप्रसाद शर्मा, करिप्रसाद पाण्डे, हरिप्रसाद रिजाल, ताराकुमार शाहलाई सम्मान गरिएको थियो । विद्यालयको विकासकालागी विभिन्न समयमा सहयोग गर्नेहरु दाता एवं सहयोगीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

शिक्षाप्रेमी÷समाजसेवीहरु रेशमबहादुर बस्नेत, प्रेमबहादुर डाँगी, भरतमणी शर्मा, चन्द्रप्रसाद चौधरी (जलौरा), चूर्णबहादुर चौधरी, चन्द्रप्रसाद चौधरी (बुटुनिया), स्व. चन्द्रबहादुर पाण्डेलाई सम्मान गरिएको थियो । विद्यालयमा भवनका कोठाहरु निर्माण गरिदिने स्व.ओमकुमारी डाँगी र मदनकुमार आचार्यलाई पनि कार्यक्रममा सम्मान प्रदान गरिएको थियो ।

यस्तै २९४८ सालदेखी हालसम्म एसएलसी परिक्षामा प्रथम श्रेणीमा उतीर्ण हुने १ सय २६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने लगनशील, मेहनती, परिश्रमी, विद्यालयप्रतिको आत्मीयता, जिम्मेवारी शहन गर्ने, पठनपाठनमा सुधारकालागी प्रयार गर्ने शिक्षक र कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएका खेलकुद, साहित्यीक, सांस्कृतिक प्रतियोगीताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व शिक्षक स्वर्गीय जिवराज गौतमद्धारा प्रदान गरिने पुरस्कार कक्षा ८ मा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पूजा बुढाथोकी, मनोज चौधरी र पूर्णीमा गिरीलाई प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण जयन्ती आयोजक मूल समितिका संयोजक चिन्ताबहादुर बुढाथोकीको अध्यक्षता एवं मध्यपश्चीमाञ्चल विश्वविद्यालय शिक्षक सेवा आयोगका अध्यक्ष एवं विद्यालयबाट एसएलसी परिक्षा उतिर्ण हुने पहिलो छात्रा डा राधा शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्दै प्रमुख अथिति शाहले विज्ञान प्रविधी र सञ्चारको विकास सँगै विद्यालयले पनि त्यसलाई विद्यालयले आत्मसाथ गर्दै अगाडी बढ्न आवश्यक भएको बताए ।