तुलसीपुर २७ वैशाख । त्रिभुवन विश्वविद्यालयले मंगलबार सार्वजनिक गरेको विविएस पहिलो वर्षको नतिजामा तुलसीपुरमा रहेको ज्ञानदिप कलेजकी छात्रा दुर्गा शर्मा जिल्ला उत्कृष्ट भएकी छिन् ।
मोफसलबाट यति धेरै विद्यार्थी उत्तिर्ण हुनु उल्लेखनिय भएको व्यवस्थापन संकाय प्रमुख मनोज केसीले वताएका छन् । कलेजले स्थापना कालदेखि नै जिल्लामा निरन्तर उत्कृष्ट नतिजा ल्याउदै आएको छ । अहिले त्रिभुवन विश्वविद्यालयको सम्वन्धनमा स्नातक तहमा विज्ञान, मानविकी र व्यवस्थापन संकायको अध्यापन हुदै आएको छ ।