शरद रेग्मी
तुलसीपुर, २६ बैशाख । दाङको तुलसीपुरमा संचालन भएको ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियान ३८ औं सातमा प्रवेश गरेको छ । सो क्रममा आज मंगलवार जिल्लाका पत्रकार पनि हातहातमा झाडु वोकेर सडकमा देखिए । उनीहरु सामाजिक उत्तरदायित्व निर्वाह गर्न र सामाजिक क्षेत्रमा भैरहेको प्रसंसनिय कार्यलाई हातेमालो गर्न सडकमा आएको वताएकका छन् ।
सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै पत्रकार महासंघका अध्यक्ष प्रियासनले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालीकाको मुख्य आयोजनामा संचालन भैरहेको सरसफाई अभियानले मुलुक भर सकारात्मक सन्देश प्रवाह गरेको वताए ।