शरद रेग्मी
दाङ, २५ बैशाख । व्यवसायी रत्न वलीको अवस्थाका वारेमा विभिन्न सामाजिक संघ संस्था एवं अधिकारवादी संघ संस्थाहरुले चासो दिएका छन् ।तुलसीपुरमा लामो समय देखि विभिन्न व्यवसायमा संलग्न वली एकाएक व्यपत्ता भए पछि तुलसीपुर उद्योग वाणिज्य संघले चासो दिएको छ ।
यसै विच व्यवसायी रत्न वलीको अवस्थाका वारेमा एथाशक्य सत्य तथ्य पत्ता लगाउन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अनुरोध गरेको छ । शाखाले स्थानिय प्रशासनको ध्यानाकषर्ण गराउदै तत्काल वलीको अवस्थाका वारेमा गम्भिर भएर लाग्न प्रहरी प्रशासन समक्ष आग्रह गरेको छ ।
शान्ति समाज दाङका सभापति शुरेस हमाल र सचिव शरद रेग्मीले एक विज्ञप्ती जारी गरी एक हप्ता पुग्दा समेत वलीको अवस्था अज्ञात रहनु दुःखद घटना भएको भन्दै तत्काल उहांको खोजीकार्य गर्न समेत स्थानिय प्रशासन समक्ष आग्रह गरिएको छ । व्यक्तिको बाच्न पाउने अधिकार सुनिस्चित गर्न समेत शान्ति समाज दाङ शाखाले सबैमा सहयोगको याचना गरेको छ । तुलसीपुर ५ निवासी वली गत १९ गते घोराही वजारवाट एकाएक गायव भए पछि आफन्तहरु चिन्तित भएका छन् ।