घोराही, २३ बैशाख । घोराही उपमहानगरपालिका—१३ मंलेरीमा परिवार नियोजनका साधनका बारेमा जनचेतना मुलक कार्यक्रम आज सम्पन्न भएको छ । राप्ती शिक्षा क्याम्पस स्नातक तह तेस्रो बर्षमा अध्ययनरत सी समुहमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा परिवार नियोजन साधनका बारेमा जानकारी, प्रयोग, फाइदा, आवश्यकता र महत्वका बारेमा जानकारी गराइएको थियो । त्यस अवसरमा ईम्ल्पान्टका बारेमा सरस्वती घर्ती मगरले, पिल्सका बारेमा पुजा रोका मगरले, कण्डमका बारेमा गोपाल नेपाली, कपर्टीका बारेमा दिलमाया जिसी र संगीनी सुइका बारेमा प्रेमकुमारी घर्ती मगरले प्रशिक्षण दिएका थिए ।