शरद रेग्मी
तुलसीपुर २२ वैशाख । तुलसीपुरका युवा व्यवसायी यज्ञ वहादुर केसीले आफ्नो जन्म दिनको अवसरमा अनाथ वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
तुलसीपुर उद्योग वाण्ीिजय संघका वरिष्ठ सदस्य समेत रहेका युवा व्यवसायी केसीले वालवालिकाहरुको शिक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक हेरचाह र संरक्षणका लागि विभिन्न निकायसंग समन्वय गर्ने समेत वताए ।