धनिराम शर्मा ( ऋतुविचार )
सत्ययुगसंग ऐतिहासिक तथा धार्मिक प्रसंगले अत्यन्तै महत्व मानिने देवीकोट पुरातत्व विभागले अभिलेखीकरण गरेको दाङका पुरातात्विक सम्पदाहरुको तथ्याँक अनुसार पहिलो नम्बरमा पर्दछ, धार्मिक आस्था तथा प्राकृतिक मनोरम दृष्यले निकै वैभव मानिने देवीकोट दीगो पर्यटन विकासको योजना र कार्यक्रमको पर्खाइमा छ । मनोरम देउखुरी उपत्यकाको शिरानमा पर्ने देवीकोट आवस्यक पूर्वाधार र प्रवद्र्धनात्मक कार्यक्रमको अभावमा ओझेलमा परेको छ, धार्मिक पर्यटनको अब्बल गन्तव्य बन्न सक्ने देवीकोटको विकासका लागि स्थानीयदेखि जिम्मेवारहरुको मेहनत हुन आवस्यक छ।
प्रकृति, संस्कृति र धार्मिक हिसाबले मनोरम देवीकोट सुन्दरताको खानी नै हो, पर्यटनको प्रवल संभावना बोकेर पूर्वाधार र प्रवद्र्धनात्मक कार्यको व्यग्र प्रतिक्षामा रहेको देवीकोटको विकासमा जिम्मेवारहरुको ध्यान नपुग्दा सुनशान जस्तै बनेको छ, प्राकृतिक सांस्कृतिक र धार्मिक गन्तव्यको केन्द्र भएरपनि विकासको प्रभावले छुन नसक्दा देवीकोट सुन्दर डाँडामा बिरानो जस्तै बनेको छ । देउखुरी उपत्यकाको शिरानमा अवस्थित देवीकोट प्राकृतिक, सांस्कृतिक तथा धार्मिक हिसाबले निकै मनोरम छ, देउखुरी उपत्यकाको भरपूर अवलोकन गर्न सकिने मनोरम देवीकोट आवस्यक पूर्वाधारको क्षेत्रमा काम हुन नसक्ता अझै ओझेलमा परको छ ।
पुरातत्व विभागको अभिलेख अनुसार दाङका पुरातात्वीक क्षेत्र मध्ये एक नम्बर पर्ने देवीकोट धार्मिक आस्थाको केन्द्र हो,प्रत्येक शनिबारका साथै चैते दशै र बडा दशैमा विशेष पुजापाठ हुने देवीकोटमा अन्य अवसरहरुमा पनि भक्तालुहरु पुग्ने गर्दछन्, स्वस्थानी व्रत कथाअनुसार सतीदेवीको बाँया खुट्टा पतन भएको धार्मिक विश्वास रहेको देवीकोटमा मनोकांक्षा पुरा गर्न दर्शनार्थी पुग्ने गरेको स्थानीय रेखा थापाले बताईन् ।
साविकको हाँसीपुर गाविस वडा नम्बर २ र हालको राप्ती गाँउपालिका ९ मा अवस्थित देवीकोटमा छिमेकी जिल्लासंगै बाँके काठमाण्डौ र भारतीय पर्यटकहरु पनि दर्शन गर्न पुगेको तथ्याँक छ । भद्राक्षादेवीको नामले पुकारिने देवीकोट शक्तिपीठको रुपमा विश्वास गरिन्छ । देवीकोटको ऐतिहासिकता श्री स्वस्थानी व्रतकथासंग जोडिएपनि लामो समय यस्को खासै संरक्षण हुन सकेन । यद्यपी लामो समयपछि स्थानीयको सक्रियतामा खरले छाएको मन्दिर बनेपछि स्थानीय अगुवा टीकाबहादुर कार्की र देवमणी शर्मा रिजालको सक्रियतामा पुजा पाठ हुने गरेको थियो । विसं २०२८ सालमा तत्कालीन पन्च सदस्य मुरलीधर घिमिरेको पहलमा मन्दिर निर्माण गरिएको थियो, मन्दिर निर्माण गर्नेक्रममा एउटा घडा भेटिएको थियो घडा माटोको पालाले छोपिएको थियो ।
चुरे पहाडको माथिल्लो खण्डमा अवस्थित देवीकोटको डाँडोमा अवस्थित मगर समुदायहरुको बस्ती, घना वन जंगल, जडिबुटी वन्य जन्तु इत्यादीको क्षेत्र भएकोले पनि दाङको पर्यटकीय गन्तव्य बन्न सक्ने यस सम्वद्धहरुको प्रतिक्रृया छ,ऐतिहासिक धार्मिक महत्वको गरिमाले वैभव देवीकोटको प्रवद्र्धनमा जिम्मेवारहरुको ध्यान नपुगेको पर्यटन अभियान्ताहरुको जिकिर छ, राज्यको नीति तथा योजनाहरु हुन सके दाङको पर्यटकीय गन्तव्यहरु मध्ये अब्बल बन्न सक्ने धार्मिक पर्यटनका अभियान्ता विष्णुराम आचार्यले बताए, भौगलिक हिसाबले दुर्गम भएका कारण पनि ओझेलमा परेको आचार्यले प्रतिक्रृया दिए ।
एकातिर सरकारी ध्यान कम पुगेको छ भने अर्काेतिर वृहत पर्यटन विकासको गुरुयोजनाको अभावमा देवीकोटको दीगो विकास गर्न नसकिएको स्थानीयहरुले बताएका छन् , अपितु यसवर्ष जिल्ला समन्वय समितिको लगानीमा एकिकृत विकास गुरुयोजना बनाउने चरणमा रहेको स्थानीयहरुले बताए, तर गुरुयोजना बन्दा स्थानीयको माग र चाहाना अनुरुप हुनुपर्ने उनीहरुले जिकिर गरे, बिस्तुत अध्ययनसहित गुरुयोजना बन्न सके देवीकोटको मुहार फेर्न सकिने उनीहरुको विश्वास छ ।
आवस्यक पूर्वाधार र प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्दा देवीकोट समस्यामा परेकोले सरकारले यस्ता विषयमा ध्यान दिन देवीकोट धार्मिक पर्यटन प्रतिस्ठानका अध्यक्ष दोर्ण पाण्डेल बताए । सडक स्तोन्नती मन्दिरको पुर्ननिर्माण, होमस्टे संचालनको तालिम, अतिथि सत्कार, स्थानीय उपजको परिकार, वन तथा बाताबरणको संरक्षण तथा प्रवद्र्धनमा ध्यान आग्रह गरे ।
