दाङ, १८ वैशाख । दाङको घोराहिमा सुरु भएको घोराही उपमहानगरपालिका कप क्रिकेट प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । आजको फाइनल खेल दिउँसोदेखि सुरु हुने भएको छ । गएराति पानी परेका कारण खेल दिउँसो २ बजेदेखि सुरु हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले जानकारी दिनुभएको छ ।
त्यसैगरी गरी दोश्रो सेमिफाइनल खेल युएनबिसि र राप्ती द्वार क्रिकेट क्लब भालुवाङ बिच प्रतिप्रर्धा भएको थियो । सो खेलमा युएनबिसिल राप्ती द्वार क्रिकेट क्लब भालुवाङलाई हराउदै फाईनलमा प्रबेश गरेको हो । घोराही उपमहानगरपालिकाको आयोजना र दाङ क्रिकेट संघको व्यवस्थापनमा खेलको आयोजना गरिएको हो ।।