दिपक बोहरा
दाङ ६ बैशाख । स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताहरुको अन्तिम विवरण जिल्लामा आएको छु । दाङका २ उपमहानगर पालिका, एक नगरपालिका र सात गाउपालिका मध्य सबै भन्दा कम मतदाता राजपुर गाउँ पालिकामा रहेको पाइएको छ । भने सबै भन्दा वढि घोराही उपमहानगर पालिकामा रहेका छन ।
साबिक हेकुली, गोल्टाकुरी , श्रीगाउ गाबिसलाई गाभेर बनाइएको दंगीशरण गाउपालिकामा ६ हजार पाँच सय ८९ पुरुष र ६ हजार ८ सय ३४ महिला गरि १३ हजार चार सय २३ मतदाता छन् । त्यस्तै साबिक बाघमारे, शान्तिनगर, धनौरी गाबिसलाई गाभेर बनाईएको शान्तिनगर गाउपालिकामा ७ हजार ५ सय ५९ पुरुष र ८ हजार ४१ महिला गरि १५ हजार ६ सय मतदाता रहेका छन् ।
त्यस्तै साबिक पञ्चकुले, पुरन्धारा गाबिसलाई गाभेर बनाईएको ववई गाउपालिकामा ७ हजार ९ सय ३३ पुरुष र ८ हजार एक सय ५४ महिला गरि जम्मा १६ हजार ८७ मतदाता रहेका छन् । जिल्ला निर्बाचन कार्यालय दाङका प्रमुख बिजय कार्कीका अनुसार गाउपालिकाहरु मध्य राप्ती गाउपालिकामा सबै भन्दा बढि मतदाता छन् ।
उनका अनुसार साबिक लालमटिया, सिसहनियाँ र हाँसिपुरको १ र २ नंंबर वडा गाभेर बनेको राप्ती गाउपालिकामा ११ हजार तीन सय दुई पुरुष र ११ हजार ६ सय तीन जना महिला गरि जम्मा २२ हजार ९ सय ३५ मतदाता छन् । त्यस्तै सबिक गढवा, गंगापरस्पुर,कोईलाबास, गोबरडिहा गाबिसलाई गाभेर बनाईएको गढवा गाउँ पालिकामा १० हजार ८ सय २० पुरुष र १० हजार दुई सय ५० गरि जम्मा २१ हजार ७० मतदाता रहेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका भन्दा घोराही उप महानगरपालिकामा मतदाताको संख्या बढि छ । प्रमुख कार्कीका अनुसार साबिक घोराही नगरपालिका, त्रिपुर नगरपालिका लक्ष्मीपुर, रामपुर, घर्ना, सौडियार, सैघा गाबिसलाई गाभेर बनाइएको घोराही उपमहानगरपालिकामा ३७ हजार ७ सय ८२ पुरुष र ४० हजार ६ सय ३७ महिला गरि जम्मा ७८ हजार चार सय १९ मतदाता छन् ।
त्यस्तै साबिक तुलसीपुर नगरपालिका, फुलबारी, डुरुवा, मानपुर, बिजौरी र पवननगर गाबिसलाई गाभेर बनाइएको तुलसीपुर उप महानगरपालिकामा ३७ हजार पाँच सय ३१ प्ुारुष , ३९ हजार तीन सय ४९ महिला र १ जना तेस्रो लिंगी गरि ७६ हजार ८ सय ८१ मतदाता रहेका छन् ।
त्यस्तै लमही नगरपालिका र सतबरिया गाबिसलाई गाभेर बनाइएको लमही नगरपालिकामा १२ हजार ४ सय ४८ पुरुष , १२ हजार ४ सय ८६ महिला र १ जना तेस्रो लिंगी गरि २४ हजार ९ सय ३५ मतदाता रहेका छन् । दश गाउपालिका रहेको दाङमा जम्मा दुई लाख ९१ हजार एक सय ५० मतदाता छन् । ती मध्य १ लाख ४३ हजार चार सय ४१ पुरुष, एक लाख ४७ हजार ७ सय सात महिला र दुई जना तेस्रो लिंगी छन् ।