तुलसीपुर ५ बैशाख । अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालि तुलसीपुरका अध्यक्ष माथि झुठ्ठा आरोप लगाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । प्रालिका अध्यक्ष गम्मरचन रोकाले मंगलबार एक बिज्ञप्ति जारी गरि आफु र प्रालि बिरुद्ध कपोकल्पित झुठ्ठा आरोप लगाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
त्यही रिश पोख्न महासचिब, सचिब सहितको समुहले अध्यक्षमाथि झुठ्ठा आरोप लगाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रालिका बिरुद्धमा लगाईएका आरोप प्रति भ्रमित नहुन सम्पुर्ण अटो रिक्सा ब्यबसायी, अटो रिक्सा चालक साथिहरुमा अनुरोध पनि गरिएको छ ।
साथै महासचिब , सचिब लगायतका समुहलाई संस्थाको निर्णय बिपरित संस्थाको रकम भोज भतेर गरेको आरोप लागेको छ । प्रालि कुनै पनि राजनीतिक दलको भातृसंगठन नभई सबै अटो रिक्सा श्रमिकको साझा संगठन भएको पनि जानकारी गराईएको छ । पछिल्लो समय यातायातको प्रभाकारी साधनका रुपमा रहेको अटो ईरिक्सा श्रमिकहरुबीच बिवाद चुलिदै आएको छ ।